दफा ६७
पुनरावेदन न्यायाधिकरणको सदस्यको योग्यता
(१) सूचना प्रविधि सम्बन्धी विषयमा ज्ञान भई उच्च अदालतको न्यायाधीश भइरहेको, भइसकेको वा हुन योग्यता पुगेको व्यक्ति पुनरावेदन न्यायाधिकरणको कानून सदस्य हुन योग्य हुनेछ ।
(२) कम्प्युटर विज्ञान वा सूचना प्रविधि सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर भई विद्युतीय कारोबार, सूचना प्रविधि वा विद्युतीय सञ्चारको क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभवप्राप्त नेपाली नागरिक पुनरावेदन न्यायाधिकरणको सूचना प्रविधि सदस्य हुन योग्य हुनेछ ।
(३) व्यवस्थापन वा वाणिज्यशास्त्रमा कम्तीमा स्नातकोत्तर भई विद्युतीय कारोबारको क्षेत्रमा विशेषज्ञता हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभवप्राप्त नेपाली नागरिक पुनरावेदन न्यायाधिकरणको वाणिज्य सदस्य हुन योग्य हुनेछ ।